पोखरा//
‘सक्कीगोनी’का पाँडेको नामले चर्चित कलाकार अर्जुन घिमिरे अब फिल्म निर्देशनमा हात आजमाउन लागेका छन्। उनले निर्देशन गर्ने पहिलो चलचित्रको नाम ‘झरी पछिको इन्द्रेणी’ रहेको छ, जुन हालै चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ।
यसअघि जेपिटी क्रिएसनमार्फत ‘लाज शरणम्’ निर्माण गरेका घिमिरेको यो फिल्म हाल लेखन चरणमा रहेको छ। सुशील कडरियाले निर्माण गर्ने फिल्मको कथा कुमार व्यञ्जनकारले लेखिरहेका छन् भने गीतमा गणेश कार्कीको शब्द रहनेछ।
पशुपति शिवजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यस चलचित्रको कलाकार सूची र मुख्य विषयवस्तु चाँडै सार्वजनिक गर्ने योजना घिमिरेको रहेको छ।









