पोखरेली कलाकार रेवन राई एक्टिङ स्टारको टप १० मा, भोटको अपिल
  • प्रमुख खबर

श्रावण २२ गते, बिहीबार

पोखरा ।। रियालिटी शो एक्टिङ स्टार को टप १० मा पर्न सफल कलाकार रेवन राईले उपाधि जित्ने लक्ष्यसहित अगाडि बढिरहेको बताएका छन्।

पोखराबाट अभिनय यात्रा सुरु गरेका राई अहिले देशभरिका दर्शकको साथ र भोटको आशा गरेका छन् ।

कलाकार राईले आफ्नो जन्मथलो सुनसरी भएपनि कर्मथलो पोखरा भएकोले यहाँका रंगकर्मी, सञ्चारकर्मी र शुभेच्छुकसँग भेटघाट गर्दै यहाँबाट सुरुवात भएको रंगकर्मको यात्रालाई अझ अघि बढाउन पोखरा आइपुगेको बताए।

उनले भने, ‘रंगकर्मको सुरुवात मैले पोखराबाट गरे र यही शहरले म भित्रको कलालाई चिनायो तर उनले अब पोखरेलीहरुको भोटले मेरो कलाकार यात्राको सपना पुरा हुने विश्वास लिएको छु।’

बुधबार पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजित विशेष कार्यक्रममा राईले आफ्नो यात्रा र अनुभव सार्वजनिक गर्दै पोखरेली दर्शक, रंगकर्मी र सञ्चारकर्मीहरूबाट समर्थनको अपेक्षा गरेको बताए ।

पछिल्लो समय उनी राजधानीमा बसेर कलाकारिता क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्षरत छन् ।  अभिनयमा परिपक्कता देखाएका उनी दर्शक र निर्णायकको नजरमा एक उपाधीदावेदार प्रतिस्पर्धीका रूपमा अगाडि बढिरहेका छन्।

उनी आफ्नो दमदार अभिनयका कारण उत्कृष्ट सयबाट सिधै उत्कृष्ट २० मा छनोट हुन सफल भएका हुन् । अहिले उनी टप १० मा छन् र अबको यात्रा दर्शकको भोटमार्फत तय हुनेछ ।

कलाकार राईले पोखरा थिएटरले दिएको प्लेटफर्मप्रति आभार व्यक्त गर्दै पोखरामा फर्केर रंगकर्मको यात्रा अगाडि बढाउने समेत प्रतिवद्धता प्रतिवद्धता व्यक्त गरे ।

उनले पोखराले दिएको मौकाले आफ्नो पहिचान निर्माण भएको बताउँदै नाम कमाउने र पोखरालाई चिनाउने र यही पहिचानलाई अझ सशक्त बनाउँदै अगाडि बढ्ने समेत बताए ।

कलाकार राईले ‘एक्टिङ स्टार’मा सफल हुन सबै नेपाली दाजुभाई, दिदीबहिनी र बुबाआमासँग भोटको लागि अपिल पनि गरेका छन् । उनलाई नेपालमा रहेका दर्शकले OSR Connect App डाउनलोड गरी ‘एक्टिङ स्टार’मा क्लिक गरेर रेवन राईको फोटोमा भोट दिन सक्नेछन् ।

त्यस्तै विदेशमा रहेका दर्शकले भने Cinema Ghar App डाउनलोड गरी सोही प्रक्रिया अपनाएर भोट दिन सक्नेछन् ।

३ हजारभन्दा बढी प्रतिस्पर्धीबीच उनले सबै अडिसन चरण पार गर्दै उत्कृष्ट १० मा स्थान बनाउन सफल भएका हुन् । तर अबको यात्रा भने दर्शकको भोटमा आधारित रहने भएकाले उनले सबैको साथ र समर्थनको अपेक्षा गरेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्