रिक्त रहेकाे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे उपकुलपतिमा प्रा. डा. खत्री
  • प्रमुख खबर

श्रावण २८ गते, बुधबार
पाेखरा ।। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा. डा. भरतबहादुर खत्री नियुक्त भएका छन्। करिब तीन महिनादेखि नेतृत्वविहीन रहँदै आएको उक्त प्रतिष्ठानमा प्रा. डा. खत्री नियुक्त भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले खत्रीलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

उक्त पदका लागि १७ जनाले आवेदन दिएका थिए । तीमध्ये ६ जनाको नाम सर्टलिस्ट गर्दै सिफारिस समितिले सरकारलाई उक्त शुचि पठाएको थियाे ।

साे सूचीमा अर्जुन आचार्य, चण्डिका पण्डित, नारायणसिंह गुरुङ, विधाननिधि पौडेल, भरतबहादुर खत्री र माया लामाको नाम समावेश थियो। तर तीमध्ये अन्ततः खत्रीले प्रतिष्ठानकाे जिम्मेवारी पाएका हुन्।

यसअघि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा सञ्चालन हुँदै आएको यस संस्थालाई २०७२ सालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपान्तरण गरिएको हो।

प्रतिष्ठानले चिकित्साशास्त्रका स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ भने हाल १० विधामा पोस्ट ग्र्याजुएट तहको पढाइ भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्