भाद्र ६ गते, शुक्रबार
पोखरा ।। पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउन प्रध्यानाध्यापकहरूलाई विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
विषेशगरी महानगर भित्रका सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरूलाई विद्यार्थी केन्द्रित सिकाइ तथा डिजिटल लर्निङका विधिबारे अभिमुखीकरण गरिएकाे हो ।
महानगर प्रमुख आचार्यले डिजिटल लर्निङको सहायतामा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि सहित नतिजामा समेत सकारात्मक परिवर्तन ल्याउन सकिने हुँदा विद्यालयमा यसको प्रयोगका लागि प्रध्यानाध्यापकहरुलाई निर्देशन समेत दिए ।
उनले भने, “डिजिटल लर्निङको सहायताले सिकाइलाई सरल, सहज र आकर्षक बनाउन सकिने हुँदा यसले नतिजामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गर्न सकिन्छ ।”
विद्यालय शिक्षाको अवस्था तुलनात्मक रूपमा सन्तोषजनक रहेको भए पनि निर्धक्क बन्ने अवस्था भने नरहेको उनले स्पष्ट पारे ।
त्यसैले पनि विद्यार्थी केन्द्रित सिकाइमा जोड दिँदै आफ्नो जिम्मेवारी कुशलतापूर्वक बहन गर्न र त्यसलाई नतिजामा परिणत गर्न सुझाव उनले सुझाव दिए ।
कार्यक्रममा डिजिटल लर्निङका महत्व, प्रयोगका तरिका, सिकाइ परिणाम सुधारका रणनीति तथा विद्यालयस्तरमा देखिने व्यवहारिक चुनौतीहरूबारे छलफल गरिएको थियो ।












