लिपुलेकबारे चीन–भारत समझदारी: माओवादी केन्द्रले भन्यो ‘नेपालको सार्वभौमसत्ता माथि प्रहार’
  • प्रमुख खबर

काठमाडौँ//

नेकपा माओवादी केन्द्रले लिपुलेकबारे चीन र भारतबीच भएको सहमति नेपालको राष्ट्रियता र सार्वभौमसत्तामाथिको प्रत्यक्ष प्रहार भएको बताएको छ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले दुई छिमेकी मुलुकले ऐतिहासिक तथ्यलाई बेवास्ता गरेर आपसी सहमति गरेको भन्दै आपत्ति जनाए।

उनले यस्तो संवेदनशील अवस्थामा सरकारले संसदसँग मिलेर स्पष्ट कदम चाल्नुपर्नेमा जोड दिँदै, त्यसो नगरे सडकबाट प्रतिवाद गर्ने चेतावनी समेत दिए।


 

तपाईको प्रतिक्रिया दिनुहोस्