अफगानिस्तानमा शक्तिशाली भूकम्प,६२२ को ज्यान गयो
  • प्रमुख खबर

भाद्र १६,पोखरा

अफगानिस्तानमा गएको ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ठूलो जनधन क्षति पु-याएको छ। ताजा विवरणअनुसार मृत्यु हुनेको संख्या ६२२ पुगेको छ भने १,५०० भन्दा बढी घाइते भएका छन्।

भूकम्पबाट कुनार प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ तीन गाउँ पूर्ण रूपमा ध्वस्त भएका छन्। कुनारमा मात्रै ६१० जनाको मृत्यु भएको छ भने नान्गरहारमा थप १२ जनाले ज्यान गुमाएका छन्।

जलालाबाद शहरदेखि २७ किलोमिटर टाढा, करिब १० किलोमिटर गहिराइमा केन्द्रित भूकम्पको धक्का पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो, जुन लगभग ४०० किलोमिटर टाढा पर्छ।

उद्धार तथा खोजी कार्य अझै जारी रहेकाले मृतकको संख्या थप बढ्ने आशंका गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्