भाद्र १८, पोखरा ।।
चिन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा सम्पन्न विजय उत्सवसम्बन्धी ८० औँ वार्षिकोत्सव विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् ।
उक्त सैनिक ‘परेड’ दोस्रो विश्वयुद्धमा जापानविरुद्धको विजयको ऐतिहासिक क्षणलाई स्मरण गर्दै चिनले प्रतेम वर्ष याे उत्सव मनाउँदै आइरहेकाे छ ।
यस अवसरमा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिङपिङले सहभागी भएका विभिन्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई स्वागत गरेका थिए।
परेडमा सहभागी भएका प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सीद्वारा आयोजित दिवा भोजमा समेत सरिक भए ।
भोजमा उपस्थित राष्ट्रप्रमुख/सरकार प्रमुखबीच आपसी मित्रता, सहकार्य र क्षेत्रीय स्थायित्वका विषयमा छलफल भएको बताइएको छ ।
चीनका राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन उनी चीन पुगेका हुन् ।
समारोह र शिखर सम्मेलनमा भाग लिएपछि प्रधानमन्त्री ओली आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ । उनको यस भ्रमणलाई नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिइएको छ ।











