नेपालबाट आफ्ना नागरिक फिर्ता लैजान भारतले सुरु गर्यो विशेष उडान
  • प्रमुख खबर

भाद्र २६, पाेखरा ।।
नेपालमा भएको हिंसात्मक प्रदर्शनका कारण २४ घण्टाभन्दा लामो समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएकाे छ ।

याे विमानस्थल सञ्चालनमा आएसंगै भारतले आफ्ना नागरिक फिर्ता लान विशेष उडान सुरु गरेको छ।

भारतीय नागरिक उड्डयन मन्त्रालयले एयर इन्डिया र इन्डिगो एयरलाइन्समार्फत बिहीबार(आज)देखि अतिरिक्त उडानको व्यवस्था गरेको हो।

त्यहाँका नागरिक उड्डयन मन्त्री राममोहन नायडुले सामाजिक सञ्जालमार्फत आफ्ना नागरिकलाई सुरक्षित रूपमा फर्काउने अभियानलाई निरन्तरता दिने जानकारी दिएका हुन् ।

उनले एयरलाइन्सहरूलाई भाडा उचित सीमाभित्र राख्न निर्देशनसमेत दिएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्