सुमना श्रेष्ठले पार्टी त्यागिन्,अफवाह फैलियो तोसिमाको
  • प्रमुख खबर

भाद्र २९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तोसिमा कार्कीले आफूले पार्टी छाडेको समाचार पूर्णतः निराधार भएको स्पष्ट पारेकी छन्। देशलाई नयाँ ढंगले अघि बढाउनुपर्ने संवेदनशील घडीमा आधारहीन हल्लामा रमाउन नहुने उनले बताइन्।

यता, आइतबार रास्वपा नेतृ सुमना श्रेष्ठले भने पार्टी त्यागेको घोषणा गरेकी छन्। उनले पार्टीले देशभन्दा माथि संगठन र संगठनभन्दा माथि नेता राख्न थालेपछि त्यहाँ रहनुको औचित्य छैन भन्दै राजीनामा दिएकी हुन्।

श्रेष्ठले साथै नेपाली कांग्रेस र एमाले लगायतका परम्परागत दलका तेस्रो पुस्ताका नेताहरूलाई पनि गहिरो आत्ममन्थन गर्नुपर्ने सुझाव दिएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्