बढ्दो चिसोसँगै देशभर मौसम बदलिँदै तर वर्षाको सम्भावना छैन
  • प्रमुख खबर

कार्तिक ३०, काठमाडौं ।।
देशका अधिकांश भू–भागमा चिसोको प्रभाव क्रमशः बढ्दै गएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विषेशगरी शनिबारदेखि देशभर चिसो बढेको छ।

तापक्रम क्रमिक रूपमा ओरालो लागेसँगै चिसो बढेको हो। त्यस्तै महाशाखाका अनुसार आइतबार (आज) बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिए पनि वर्षाको सम्भावना छैन।

तराईका केही भागमा बिहानैदेखि हुस्सु लागेको छ। यस्तै अन्य अधिकांश स्थानमा मौसम सफा रहँदै आएको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्