पोखरा बहुमुखी क्याम्पसको ३९ औं वार्षिक उत्सवमा ३२ युनिट रगत संकलन
  • प्रमुख खबर

मंसिर ११, पोखरा ।।
पोखरा बहुमुखी क्याम्पसले आफ्नो ३९ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

रक्त सञ्चार केन्द्र रामघाट पोखराको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता ३२ युनिट रगत संकलन भएको छ।

 

क्याम्पस प्रमुख शिशुकला पराजुलीले हरेक वर्ष वार्षिक उत्सवका अवसरमा क्याम्पसले रक्तदान कार्यक्रम गर्दै आएको उल्लेख गर्दै समाजसेवा र मानव कल्याणका यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, “रक्तदान जीवनदान हो, यसमार्फत क्याम्पस
सामाजिक उत्तरदायित्वप्रति सदैव प्रतिबद्ध छ।”

कार्यक्रमका संयोजक दिपक प्रसाद घिमिरेले रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाताप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे।

मंसिर ७ गते देखि सुरु भएको सप्ताहव्यापी कार्यक्रममा निबन्ध लेखन प्रतियोगिता, एक मिनेट वक्तृत्वकला तथा खेलकुद अन्तर्गत टेबलटेनिस, भलिबल र बास्केटबल प्रतियोगिताहरू सम्पन्न भइसकेका छन् ।

यसैगरी मंसिर १२ गते सरसफाई , मंसिर १३ गते मानव सेवा आश्रम हेम्जा शाखालाई आर्थिक सहयोग हस्तान्तरण र मंसिर १४ गते  वार्षिकोत्सव विशेष समारोह आयोजना गरिने क्याम्पस प्रशासनले जनाएको छ ।

विशेष समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण र छात्रवृति वितरण लगायत विविध कार्यक्रम रहने छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्