नेपाली कांग्रेसको सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
  • प्रमुख खबर

पुस ३०, काठमाडौँ//

नेपाली कांग्रेसको सभापति पदका लागि महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको केन्द्रीय निर्वाचन समिति स्रोतका अनुसार सभापति पदमा थापाको एकल उम्मेदवारी परेको हो।

काठमाडौंमा जारी दोस्रो विशेष महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएपछि थापाले उम्मेदवारी दर्ता गराएका हुन्। नेतृत्व चयनका लागि सहमतिको प्रयास अन्तिम समयसम्म भए पनि सफल हुन नसकेपछि महाधिवेशन निर्वाचन प्रक्रियामा प्रवेश गरेको हो।

पार्टीभित्र नयाँ नेतृत्व र रूपान्तरणको बहस तीव्र भइरहेका बेला थापाको एकल उम्मेदवारीलाई कांग्रेसमा पुस्तान्तरण र परिवर्तनको संकेतका रूपमा हेरिएको छ। अब निर्वाचन समितिले तोकेको कार्यतालिकाअनुसार आगामी प्रक्रिया अघि बढ्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्