मौसम पूर्वनुमान : पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
  • प्रमुख खबर

फागुन १५, काठमाडौं ।।
केही दिनदेखि मौसम बदली भएर हिमाली तथा पहाडी भेगका केही ठाउँमा दिनहुँजसो हल्का वर्षा र हिमपात हुने गरेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो सिन्धुपाल्चोक, भक्तपुर, काठमाण्डौ, नुवाकोट, चितवन, स्याङ्जा र डोटीका केही क्षेत्रमा वर्षा भएको छ ।

विभिन्न उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ । पछिल्लो तीन दिनदेखि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका कारण बदली तथा वर्षा र हिमपात भइरहेको छ ।

आज र भोलि पनि बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पश्चिमभन्दा पूर्वमा बढी बदली हुनेछ । आज बिहान तराई भूभागका केही ठाउँहरुमा बिहानको समयमा हुस्सु लागेको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै ठाउँ तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक, दुई ठाउँमा मेघगर्जन  र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्