फागुन २८, काठमाडौं ।।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन अहोरात्र खटिएका निर्वाचन प्रहरी (म्यादी प्रहरी) को बिहीबार(आज) एक विशेष समारोहका बीच ससम्मान विदाई गरिँदैछ।
विसंम परिस्थितिमा भएको निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न ४० दिने छोटो तर महत्त्वपूर्ण जिम्मेवारी गरेका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीलाई आज विदाई गर्न लागिएको हो ।
आज देशैभरका जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीका ब्यारेकहरूमा विदाई कार्यक्रम रहेको छ ।निर्वाचन सफल पार्न पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई धन्यवाद ज्ञापनसहित प्रशंसा-पत्र प्रदान समेत गरिनेछ ।
राष्ट्रलाई आवश्यक परेको खण्डमा फेरि पनि बर्दी लगाएर सेवामा हाजिर हुने सामूहिक वाचासहित उनीहरूलाई विदाई गरिनेछ ।
विषेशगरी निर्वाचनको लागि भर्ना भएको दिनदेखि ४० कार्यदिनसम्म उनीहरूले तालिम, गस्ती, र मतदान केन्द्रको सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।












