पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीका पिताको गरियो अन्त्येष्टि
  • प्रमुख खबर

Oplus_131072

फागुन २९, काठमाडौं ।।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ ।
शुक्रबार(आज)बिहान गठ्ठाघरस्थित अस्पतालमा उपचारको क्रममा निधन भएका ९७ वर्षीय उनको आजै
पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

अन्त्येष्टि अघि उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरु अस्पताल पुगेका थिए । स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्