सन् २०२६ सम्म नेपाली टोलीको मुख्य प्रशिक्षकमा स्वीट्जरल्यान्डका एरेना नियुक्त
  • प्रमुख खबर

फागुन २९, काठमाडौं ।।
नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा
स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नियुक्त भएका छन् ।

उनको नियुक्तिसँगै सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजना भएको ‘मिट एण्ड ग्रीट” कार्यक्रममा एरेनाले आफू नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा खुशी लागेको बताएका छन् ।

सो कार्यक्रममा उनले आफ्नो लक्ष्य भनेको नै राष्ट्रिय टिमलाई साफ च्याम्पियनसिप जिताउने भएको बताए ।

त्यस्तै उनले नेपाली खेलाडीहरु धेरै क्षमतावान रहेको बताउँदै आफ्नो प्रक्षिणमा टोलीलाई अझ उत्कृष्ट बनाउने विश्वास व्यक्त गरे । उनी सन् २०२६ सम्म नेपाली टिमको जिम्मेवारीमा रहने छन् ।

एरेनाले बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईबाट नियुक्तिपत्र प्राप्त गरेका थिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्