चैत्र ५, मुगु ।।
प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल मुगुमा अवस्थित रारा तालको भ्रमण गरेकी छिन् ।
बिहीबार(आज) नेपाली सेनाको हेलिकप्टरमार्फत मुगु पुगेकी कार्कीले त्यहाँ रहेको रारा तालको भ्रमण गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले रारा तालको अवलोकन गर्दै भनिन्,” साँच्चै रारा अर्गानिक रहेछ , यसलाई संरक्षण , पर्यटन प्रवर्द्धन गर्न राज्यसँगै सबैकाे दायित्व हो”, उनको भनाई उदृत गर्दै जुम्लाका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिएका छन्।
उनका अनुसार प्रधानमन्त्री मुगु आएको भएपनि कुनै औपचारिक कार्यतालिका भने जानकारी नगराइएको बताएका छन् ।
प्रधानमन्त्री कार्कीले मुगुमा रारा ताल अवलोकन तथा जिल्लाका सुरक्षा निकायसँग भेटघाट तथा छलफल गरेकी छन् ।
छलफलमा भर्खरै सम्पन्न फागुन २१ काे प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मुगु जस्तो भाैगाेलिक विकटतालाई मध्ये नजर गर्दै चुनाव शान्तिपुर्ण तवरले सम्पन्न गरेकाे भन्दै धन्यवाद व्यक्त समेत गरेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । रारा भ्रमण गरेर प्रधानमन्त्री कार्की अहिले जुम्ला फर्किसकेको उनले जानकारी दिए ।












