चैत्र २४, काठमाडौं ।।
नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर बन्ने रेसमा रहेका डा. गुणाकर भट्ट राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएको छ ।
मंगलबार(आज) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकमा २५ वर्ष बिताएका डा. भट्ट मौद्रिक अर्थशास्त्रका विज्ञ र स्वच्छ छविका भएका कर्मचारी थिए ।
अघिल्लो सरकारको पालामा उनी राष्ट्र बैंकमा कार्यरत हुँदा लगभग गभर्नर बन्ने निश्चित देखिएको थियो । तर राजनीतिक भागबण्डाका कारण त्यस समय उनी गभर्नर बन्न पाएनन्। अहिले बनेको नयाँ सरकारले तीनै भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गर्दै सिंहदरबार भित्र्याएको छ ।












