प्रधानमन्त्री बालेन्द्र शाह को नयाँ अभ्यास: सबै राजदूतसँग सामूहिक छलफल
  • प्रमुख खबर

Oplus_131072

चैत्र २५, काठमाडौं ।।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विभिन्न देशका राजदूतहरुसँग सामूहिक छलफल गर्ने भएका छन् । यसअघिका सरकारमा रहेका प्रधानमन्त्रीहरूले विदेशी राजदूतहरुसँग छुट्टा- छुट्टै रूपमा छलफल गर्दै आएकोमा उनले त्यो परम्परालाई तोड्दै सामूहिक छलफल गर्ने भएका हुन् ।

सो छलफल कार्यक्रम बुधबार(आज) मध्याह्न १२ बजे पछि हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उक्त छलफल कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुने बताइएको छ ।

देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्