देउवा दम्पत्तीमाथि गैरकानुनी रूपमा सम्पत्ति छानबिन, अदालतबाट पक्राउ अनुमति
  • प्रमुख खबर

चैत्र २५, काठमाडौं ।।
उनीहरू विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरेको स्रोतले जनाएको छ।

विषेशगरी देउवा दाम्पत्यद्वयले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको हुनसक्ने भन्दै अनुसन्धानको लागि उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको तर उनीहरू नेपाल नभएकाले पक्राउ गर्न नसकिएको स्रोतले बताएको छ। ।

हाल देउवा दम्पत्ति विदेशमा छन् । उनीहरू फागुन २१ गते सम्पन्न भएको चुनाव अघि स्वास्थ्य उपचार गराउन भन्दै  सिंगापुर गएका थिए ।  त्यस समय सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । विभागले पत्राचारपछि अहिले यसको अनुसन्धान सीआईबीले अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्