चैत्र २५, काठमाडौं ।।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठक चैत्र २७ गते शुक्रबार बस्दैछ। उक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ सम्बोधन गर्ने भएका छन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सो दिनको बैठकलाई राष्ट्रपति पौडेलले सम्बाेधन गर्ने जानकारी राष्ट्रपति कार्यालयको सचिवालयबाट खबर प्राप्त भएको बताएका छन् ।
उक्त दिन राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेको हो ।












