४ बजे उपसभामुखको टुंगो लाग्ने, लामा र ठाकुरबीच प्रतिस्पर्धा
  • प्रमुख खबर

Oplus_131072

चैत्र २७, काठमाडौं ।।
शुक्रबार(आज)प्रतिनिधि सभामा उपसभामुखको चयन हुँदैछ । आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्ने भएको हो।

उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबिच प्रतिस्पर्धा हुने भएको छ ।

विषेशगरी उम्मेदवारी दर्ता गर्नका लागि तोकेको समयभित्र दुई जनाको मात्र उम्मेदवारी परेसँगै उनीहरूबीच प्रतिस्पर्धा हुने भएको हो ।

रुवी कुमारीको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला रहेका छन् ।

त्यस्तै लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र राप्रपाकै अन्य सांसदहरू खुश्बु ओली, ताहिर अलि र भरत गिरीलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएकी थिइन् ।

अहिलेको प्रतिनिधि सभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को एकल बहुमत छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १ सय ८२ मत छ ।

रास्वपाले पनि ठाकुरलाई समर्थन गर्ने देखिएको छ । यदि यस्तो भएको खण्डमा भने ठाकुर उपसभामुख हुने भएकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्