८ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
  • प्रमुख खबर

बैशाख २५, काठमाडौं ।।

विभिन्न ८ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ । 
उपकुलपति छनोट तथा सिफारिस समितिले ८ वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो । समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो । 

समितिले आजको मितिदेखि १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेस गर्न भनेको छ । सरकारले हालै ल्याएको अध्यादेशमार्फत् यी विश्वविद्यालयहरुका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो । 

समितिले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ‘वेबसाइट’मा राखेको जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्