साउन २७, काठमाडौं ।।
आज संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक सिंहदरबारमा दिउँसो १:१५ बजे बस्ने भएको हो।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ पेस गर्ने कार्यसूची छ ।
यस्तै आजको बैठकमा नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले
प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने कार्यक्रम तय भएको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको बताइएको छ ।








