साउन २७,काठमाडौं।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षभित्र विश्वका ३७ देशमा आफ्नो संगठन विस्तार गर्दै शुभेच्छुक संस्था ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन गरेको छ।
रास्वपाका अनुसार अष्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण कोरिया, जापान, हङकङ, मकाउ, मलेसिया, भारत, थाइल्याण्ड, माल्दिभ्स, ओमान, कुवेत, कतार, इजरायल, साउदी अरेबिया, यूएई, बहराइन, अमेरिका, क्यानडा, नेदरल्याण्ड्स, अष्ट्रिया, नर्वे, फ्रान्स, बेल्जियम, स्पेन, लक्जेम्बर्ग, डेनमार्क, स्विजरल्याण्ड, पोल्याण्ड, फिनल्याण्ड, साइप्रस, जर्मनी, पोर्चुगल, माल्टा, रोमानिया, सेचेल्स र आयरल्याण्डमा विभाग गठन गरी नेतृत्वसमेत तोकिएको छ।
पार्टीले अष्ट्रेलियामा डा. कृष्णकान्त पौडेल, न्युजिल्याण्डमा अशोक कँडेल, दक्षिण कोरियामा युविन श्रेष्ठ, हङकङमा जेबी गुरुङ, मकाउमा उदित खत्री, मलेसियामा नेत्र केसी, जापानमा दीपक केसी, भारतमा अर्जुन भण्डारी, थाइल्याण्डमा प्रकाश सुवेदी, माल्दिभ्समा प्रवीन कार्की, ओमानमा पदम आले, कुवेतमा ईश्वर भण्डारी, कतारमा अब्दुल करिम, इजरायलमा दुर्गा चापागाईं, साउदी अरेबियामा भूपाल भण्डारी, यूएईमा सुजन थापा, बहराइनमा चिरञ्जिवी पाण्डे, अमेरिकामा चेतराज उपाध्याय, क्यानडामा कुमार उप्रेती, नेदरल्याण्ड्समा अञ्जन गुरुङ, अष्ट्रियामा विकास कार्की, नर्वेमा जीवन उप्रेती, फ्रान्समा कविन्द्र कायस्थ, बेल्जियममा कृष्ण दाहाल, स्पेनमा विकास लामा, लक्जेम्बर्गमा जितु थापा, डेनमार्कमा शशी ढकाल, स्विजरल्याण्डमा रेशम खत्री, पोल्याण्डमा विदुर शर्मा, फिनल्याण्डमा रुक्मिणी भट्टराई, साइप्रसमा मीना कार्की, जर्मनीमा अमृत पौडेल, पोर्चुगलमा नर फगामी, माल्टामा राजेन्द्र भण्डारी, रोमानियामा असीम दियाली, सेचेल्समा प्रदीप सापकोटा तथा आयरल्याण्डमा अभेद्यपाणी गौतमलाई विभाग प्रमुखको जिम्मेवारी दिएको जनाएको छ।
रास्वपाले प्रवासमा रहेका नेपालीलाई पार्टीसँग जोड्ने, संगठनलाई अन्तर्राष्ट्रिय रूपमा विस्तार गर्ने तथा विदेशमा रहेका नेपाली समुदायसँग समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रवास नेपाली सम्पर्क विभाग गठन गरिएको जनाएको छ।








