काठमाडौँको तीनथानामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते
  • प्रमुख खबर

पोखरा//

काठमाडौंको तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको मोटरसाइकल र स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

बिहान करिब ३:४० बजे थानकोटबाट कलंकीतर्फ गइरहेको बा ८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि विपरीत दिशाबाट आउँदै गरेको बा प्र. ०२-०४२ प ९८२२ नम्बरको स्कुटरसँग जुधेको हो।

दुर्घटनामा चन्द्रागिरी नगरपालिका–४, थानकोटका ३४ वर्षीय रोशन ढकाल गम्भीर घाइते भए। उनलाई तत्काल उद्धार गरी शहीद मेमोरियल अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा बिहान ४ बजे चिकित्सकले उनलाई मृत घोषित गरे।

स्कुटरमा सवार धादिङ धुनिवेशी नगरपालिका–९ का २५ वर्षीय विवेक केसी दुर्घटनामा घाइते भएका छन्। घटनाबारे जिल्ला प्रहरी परिसर, काठमाडौंले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्