पाेखरा,२३ मंसिर ।।
लामो समय देखि खोज पत्रकारिता तथा अनुसन्धानमुलक पत्रकारिता गर्दै आएका पोखराका पत्रकार यदुनाथ बञ्जारा सुशासन पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन्।
शुक्रवार एक कार्यक्रमका विच अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयका प्रमूख पार्वती शर्मा सुनास कास्कीका अध्यक्ष रवीन्द्रनाथ बास्तोलाले संयुक्त रुपमा नगद, दोसल्ला र सम्मान पत्रले बञ्जरालाई सम्मान गरेका हुन् ।
सराङकोट साप्ताहिक पत्रिकाका सम्पादक बञ्जारा पत्रकार महासंघ गण्डकीका सचिव एवं सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीका पूर्व अध्यक्ष समेत हुन् । बन्जाराले देशान्तर साप्ताहिकबाट पत्रकारिता शुरु गरेका थिए। याे पुरस्कार सुशासनका लागि नागरिक समाज(सुनास ) कास्कीले ई स्व लेख बहादुर गुरुङले स्थापना गरेका अक्षयकोषबाट सञ्चालन गरी हरेक वर्ष ९ डिसेम्बरका दिन प्रदान गर्दै आएको छ।
सुनास कास्कीका पूर्व अध्यक्ष्य चद्रकृष्ण कर्माचार्यको संयोजकत्वमा पत्रकार महासंघ कास्कीका अधक्ष्य विमला भण्डारी र पत्रकार श्याम कुँवर सदस्य रहेको छनोट समितिले पत्रकार बञ्जारालाई पुरस्कारकाे लागि छनोट गरेका थिए । उक्त पुरस्कारबाट यस अघि दीपक परियार, अर्जुन गिरी, बासुदेव मिश्र सम्मानित भइसकेका छन्।