रवि लामिछानेको सुतिरहेको फोटो खिच्ने निकोलस भुसाल फेरि पक्राउ
  • प्रमुख खबर

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतभित्रको सुतिरहेको फोटो खिच्ने डा. निकोलस भुसाल फेरि पक्राउ परेका छन्।

यसअघि उनी पुस ७ गते पक्राउ परेका थिए, तर अदालतले उनलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न निर्देशन दिएपछि उनी छुटेका थिए।

यसपटक भने कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाका अनुसार अनुसन्धानबाट प्रमाण भेटिएपछि उनी फेरि पक्राउ परेका हुन्। भुसालले रवि लामिछानेको हिरासतभित्र सुतिरहेको तस्वीर खिचेर सार्वजनिक गरेका थिए, जसले प्रहरीको आलोचना निम्त्याएको थियो। भुसालले त्यो बेला उक्त फोटो खराब नियतले सार्वजनिक नगरेको बताएका थिए।

यो घटनाले प्रहरी र साइबर अपराधसम्बन्धी मुद्दामा थप चासो उत्पन्न गराएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्