साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ। भारत स्थित आसामका स्थायी बासिन्दा रहेका उनकाे गए राति ९३ वर्षको उमेरमा गुवाहाटीमा निधन भएको हाे ।

अतृप्त र बह्मपुत्रको छेउछाउ बसाइँ जस्ता उपन्यास, नेपाली भाषाको साह्रोगाह्रो निबन्ध, कथा र नाटकसमेत लेखेका छन् ।

उनकाे नेपाली भाषामा लेखेका उपन्यास, निबन्ध र कथाले नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेख योगदान रहेकाे छ ।

उनी जगदम्बाश्री पुरस्कार, भानु पुरस्कार लगायत विभिन्न पुरस्कारबाट सम्मानित भएका थिए ।

उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्