शुक्ला साहित्य प्रतिष्ठानमा नव वर्ष विशेष लेख रचना वाचन तथा भित्तेपात्राे विमाेचन
  • प्रमुख खबर

पोखरा ।।

शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचाैरले नव वर्ष २०८२ काे उपलक्ष्यमा नव वर्ष विशेष  लेख रचना वाचन तथा भित्ते पात्राे विमाेचन कार्यक्रम सम्पन्न गरेकाे छ ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रमुख रामबहादुर नेपाली प्रमुख अतिथि रहेका थिए । भने पाेखरा महानगर वडा नं.१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे तथा वडा नं १६ का कार्यवाहक वडाध्यक्ष राजकुमारी बानियाँ विशेष अतिथिकाे रुपमा रहेकी थिन् । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत मन्तव्य राखिन् ।

भित्तेपात्राे विमाेचन पछि कार्यक्रममा बाेल्दै प्रमुख अतिथि राम बहादुर नेपालीले साहित्य भनेकाे सुवाेध, सरल र जनसाधरणकाे मन छुने हुनुपर्छ , सबैले  बुझ्ने खालकाे साहित्य सदैव लाेकप्रिय बने बताए । प्रमुख अतिथि नेपालीले यथार्थपरक लेखनीका कुरा गर्दै जुनसुकै विधाकाे भएपनि साहित्य जिवन र जगतकाे  चित्रण हाे  लेखकले विषयवस्तुकाे यथार्थतालाई भुल्न नहुने बताए ।

कार्यक्रममा बाेल्दै विशेष अतिथि पाेखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले साहित्यले समाज रुपान्तरणमा ठूलाे भूमिका खेल्ने भएकाेले सामाजिक विकृति विसंगतीहरुलाई दृष्टिगत गर्दै आफ्ना कलमहरु सामाजिक रुपान्तरणकाे पक्षमा काेर्न अनुराेध गरे । त्यस्तै विशेष अतिथि पाेखरा १६ का कार्यवाहक वडाध्यक्ष राजकुमारी बानियाँले शुक्ला साहित्य प्रतिष्ठानले भाषा साहित्यकाे विकासमा निरन्तर अगाडि बढ्दै आएकाेमा प्रशंसा गरिन् ।

कार्यक्रममा प्रतिष्ठानका मानार्थ सदस्य ताराप्रसाद तिम्सिना, नव आदर्श सामूदायिक विकास समूहका अध्यक्ष दिनेश भण्डारी , विन्ध्यवासिनी विध्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दिप थापाले शुभकामना मन्तव्य राख्दै नयाँ वर्षकाे आगमन संगै संस्थाले साहित्यिक विकासमा थप रचनात्मक आयामहरु थप्दै जाने कुराकाे अपेक्षा राखेका थिए ।

विभिन्न सामाजिक संघ संस्था र साहित्यप्रेमीहरुकाे बाक्लाे उपस्थिति रहेकाे साे कार्यक्रममा संस्थाका मनार्थ सदस्य,अग्निधर शर्मा, नेत्रबहादुर बानियाँ, इन्दु भट्टराई, सुमनराज पाैडेल,सल्लाहकार शिव त्रिपाठी, सुवास अधिकारी र साहित्य प्रेमी माेहन प्रसाद पाैडेल तथा बाेधराज आचार्यले आ आफ्ना लेख रचना वाचन गरेका थिए ।

संस्थाका  उपाध्यक्ष  दीपेन्द्र बानियाँकाे संयाेजकत्वमा पंचाङ्ग सहितकाे भित्तेपात्राे प्रकाशन गरेकाे छ । पात्राे प्रकाशनमा सहयाेग पु-उाउनुहुने सम्पूर्ण सहयाेगी मन प्रति बानियाँले हार्दिक धन्यबाद व्यक्त गरे । संस्थाका अध्यक्ष दुर्गादेवी बस्नेतकाे अध्यक्षतामा भएकाे कार्यक्रमको संचालन सचिव रामप्रसाद पाैडेलले गरेक थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्