पाेखरा ।।
विश्व कला दिवसका अवसरमा “कलाकारका लागि कलाकार” तेस्राे अन्तराष्ट्रिय खुला अनलाइन कला प्रतियोगिता तथा प्रदर्शनी भइरहेकाे छ ।
अप्रिल १५ बाट सुरु भएको यस प्रदर्शनी डिसेम्बर अन्तिमसम्म सञ्चालन हुने आयाेजक संस्था नगेन आर्ट एकेडेमीले जनाएको छ ।
साे प्रतियाेगिता एकेडेमीकाे अफिसियल वेबसाइट www.nagenart.com मार्फत भएको थियाे भने चित्रकला प्रदर्शनी साेही वेबसाइटमा नै भइरहेकाे छ ।
प्रतिनिधिसभा सदस्य माननिय डा. चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा १४ देशका ५० वटा कलाकारका कलाकृतिहरु प्रतियाेगिताकामा समावेश थिए ।
यस कार्यक्रम अन्तर्गत प्रतियाेगिताका लागि सेप्टेम्बर १३ देखि नाेभेम्बर १२ सम्म आफुले कारेकाे चित्र दर्ता गर्न गरेकाे आव्हानमा १ सय २० जना कलाकारका चित्रहरु दर्ता भएको थियाे ।
तीमध्ये ५० वटा चित्रकलाहरु छनाेटमा पर्न सफल भएको थियाे । प्रतियाेगिताका लागि छनाेटमा परेका ५० जना मध्येबाट २१ जना कलाहरु छुट्टाछुट्टै अवार्डबाट पुरस्कृत भएका थिए ।
पुरस्कृत हुनेहरुमा मनस कुमार दास (भारत)एमेच्योर अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट, मन गोल्डी ( नेपाल) पुरस्कृत, क्यूबा अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट एरिक गोंजालेज (त्रियाना), पाकिस्तान अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट मुहम्मद रामजान (रहीमून), भारत अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट स्वप्निल (कश्यप) पुरस्कृत भएका छन् ।
यस्तै बंगलादेश अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट म.द. काउसर होसैन, नेपाल अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट उद्धव गुरुङ, ब्राजिल अन्तर्राष्ट्रिय एएफए अवार्ड २०२३ बाट कार्ला पेट्रिनी, मलेसिया अन्तर्राष्ट्रिय एएफए अवार्ड २०२३ बाट म्याक्सिन सिएसियान सिन, युक्रेन अन्तर्राष्ट्रिय एएफए अवार्ड २०२३ बाट भिक्टोरिया ग्रिगोरिएवा, इरान अन्तर्राष्ट्रिय एएफए अवार्ड २०२३ बाट यासर मिर्ज़ी, दक्षिण कोरिया अन्तर्राष्ट्रिय एएफए अवार्ड २०२३ बाट मिरान किमले प्राप्त गरेका थिए ।
त्यस्तै सोसल मिडिया अन्तर्गत भएको चित्रकला प्रतियाेगितातर्फ फेसबुक अन्तर्राष्ट्रिय एएफए अवार्ड २०२३ बाट डि.बी. भण्डारी ( नेपाल) प्रथम, पहिलो रनर अप गणेश लामा( नेपाल) र भुषण राजभण्डारी( नेपाल) दोस्रो रनर अप हुन सफल भएका थिए ।
एक्स अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३ बाट सुष्मा श्रेष्ठ ( नेपाल) प्रथम,अप श्रेया हाडा श्रेष्ठ( नेपाल) पहिलो रनर र दोस्रो रनर अपमा भारतका निशिकान्त पलांडे तेस्राे भएका थिए ।
लिंक्डइन अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट प्रकाश ज्योति देका (भारत) प्रथम, पहिलो रनर अप हरेराम जोजु ( नेपाल) र डा. सन्दीप नाथ (भारत) दोस्रो रनर अप बन्न सफल भएका थिए ।
साे प्रतियाेगितामा प्रोफेसर. डा. सुमेरा जवाद, ग्लोबल र्भस्टाईल आटिस्ट (कलेज अफ आर्ट एन्ड डिजाइन, पञ्जाब विश्वविद्यालय),दादुल चालिहा (ग्लोबल आर्टिस्ट, गुवाहाटी, असम, भारत), प्रोफेसर डा. ओरहान सेब्राइलोग्लु, प्रोफ. सेल्चुक युनिभर्सिटी(टर्की), रे मर्स्डेन वरिष्ठ कलाकार (अष्ट्रेलिया), एनबी गुरुङ, अ ग्लोबल प्यासनेट आर्टिस्ट,(अध्यक्ष, आईडब्ल्यूएस नेपाल) र प्राज्ञ नगेन सिंह ठकुरी (पूर्व प्राज्ञ सभासद्, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान) गरि ७ राष्ट्रका निर्णायहरुले निर्णायककाे भूमिका निर्वाह गरेका थिए ।
यसै कार्यक्रम अन्तर्गत चित्रकलाकाे क्षेत्रमा याेग्दान पुर्याएका कलाकारहरुलाई समेत विभिन्न अवार्डबाट सम्मान गरेका थिए ।
सम्मानित हुनेहरुमा अरनिको अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३ बाट महविश हसन (पाकिस्तान), लियोनार्दो दा भिन्चि अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३ बाट एना निकोडेमो(इटाली), पाब्लो पिकासो अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट डेरियस राफाएलो(ताइवान),जोक्सन पोलक अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३ बाट हरेराम जोजु(नेपाल),भिन्सेन्ट भानगोग अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट शुस्मा श्रेष्ठ(नेपाल) सम्मानित भए ।
यस्तै पॉल गाउगिन अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट हो हुउ आन (भियतनाम), जे.एम.डब्ल्यू. टर्नर अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट निशिकान्त पलांडे (भारत),
मिचेलाङ्गेलो अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट अनिता भट्टराई (नेपाल),एम.एफ. हुसेन अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट ऐलिन कोसकुन (टर्की),साल्भाडोर डाली अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट डी.बी. भण्डारी (नेपाल), सदेक्वैन अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट मरिया लिना (पाकिस्तान), शिल्पाचार्य जैनुल आबिदिन अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट अदनान खान (पाकिस्तान), देवान मिजान रहमान अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३ बाट सम्मानित भएका थिए ।
त्यस्तै यसै कार्यक्रम अन्तर्गत चित्रकला प्रदर्शनी पनि भइरहेकाे छ । उक्त चित्रकला प्रदर्शनी डिसेम्बर अन्तिमसम्म सञ्चालन हुनेछ ।
यसै चित्रकला प्रदर्शनी कार्यक्रममा विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअनियानका अभियन्ता शुशील पौडेलले यस कार्यक्रमले विश्वभरका कलाकारको सामिप्यता बढ्ने बताएका छन् ।
उनले नगेन न्युज पब्लिकेशनले ‘न प्रायोजक, न समर्थक, न प्रवर्द्धनकर्ता मात्र कलाकारका लागि कलाकार’,भन्ने नाराका साथ हरेक वर्ष अन्तर्राष्ट्रिय खुल्ला कला अनलाइन प्रतियोगिता तथा प्रदर्शनी आयोजना गर्दै आइरहेकाे छ ।
यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभासद्, कलाकार नगेन सिंह ठकुरीले कोरोना महामारीका बेला कलाकारका बारेमा कसैले केही नगरेकाले सामाजिक सञ्जालबाट केही गर्नका लागि ‘कलाकारका लागि कलाकार’ प्रतियोगिता तथा प्रदर्शनीकाे सुवात गरेकाे बताउँदै साेही अनुरुप तेस्राे संकरणका रुपमा यस कार्यक्रमकाे आयाेजना गरिएको बताए ।
यसै कार्यक्रम अन्तर्गत एकेडेमीका निर्देशक ज्याेती हमालले यस चित्रकला प्रदर्शनीमा १४ देशका ५० वटा उत्कृष्ट कलाहरु रहेकाे बताइन् ।
उनले कलाको समृद्धि, विकास र प्रवद्र्धनका लागि कलाकारका लागि कलाकार भएको बताउँदै कलाकृति बिक्रीबाट प्राप्त हुने आम्दानीको ७० प्रतिशत कलाकार अाफै, १० प्रतिशत पुरस्कार, १० प्रतिशत कल्याणकारी कार्यक्रम र १० प्रतिशत स्मारिकालाई दिइने जानकारी दिएकी छन् ।