नेपाल-चीन संयुक्त सैन्य अभ्यास ‘सगरमाथा मित्रता’ सुरु

 

  • प्रमुख खबर

भदौ १८, काठमाडौँ

नेपाल र चीनबीच आजदेखि १० दिनसम्म ‘सगरमाथा मित्रता अभ्यास’ सुरु भएको छ । यो नेपाली–चिनियाँ सेनाबीचको पाँचौँ संस्करण हो ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार यसपटकको अभ्यासमा विपद व्यवस्थापन, मानवीय सहायता र विभिन्न सुरक्षा तालिमका विषयमा ज्ञानको आदानप्रदान हुने छ ।

नेपाल–चीन सैन्य अभ्यास यो तेस्रोपटक नेपालमै आयोजना हुँदैछ । २०७४ साल वैशाखमा पहिलोपटक नेपालमा अभ्यास भएको थियो भने २०७५ सालमा चीनको छेन्दु र २०७६ सालमा नेपालमा अभ्यास भएको थियो । बीचमा कोभिड महामारीका कारण कार्यक्रम स्थगित भएको थियो ।

नेपाली सेनाले चीनसँगै भारत, अमेरिका लगायतका अन्य देशहरुसँग पनि नियमित रूपमा संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्