लायन्स क्लब अफ पोखरा महालक्ष्मीको पहलमा टक्सारमा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न
  • सन्तोष पराजुली

पुष ८, पोखरा//
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत लायन्स क्लब अफ पोखरा महालक्ष्मी, पेन्गुइन तथा सामाजिक अभियानको संयुक्त आयोजनामा स्याङ्जामा  निःशुल्क आँखा शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

निःशुल्क शिविर कार्यक्रम स्याङ्जा जिल्लाको टक्सारस्थित हिमालय माध्यमिक विद्यालयमा सोमबार सम्पन्न भएको हो।कार्यक्रम लायन्स क्लब अफ पोखरा महालक्ष्मीका अध्यक्ष लायन रामप्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो।

शिविरका प्रमुख अतिथि डिष्ट्रिक्ट एडिशनल सेक्रेटरी लायन ज्ञानबहादुर राना रहनुभएको थियो। साथै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक–अभिभावक संघका अध्यक्ष, जोन चियरपर्सन लायन शितल श्रेष्ठ, मनिपाल शिक्षण अस्पताल पोखराका इन्जिनियर तथा लायन्स क्लब अफ पोखरा महालक्ष्मीका निवर्तमान अध्यक्ष लायन लक्ष्मण आचार्य, सामाजिक अभियानका सचिव लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन पेन्गुइनका अध्यक्ष लायन सुवास अम्गाईले गर्नुभएको थियो। शिविरमा मनिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा आँखाको परीक्षण गरिनुका साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो।

शिविरबाट करिब १५० जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्। आयोजक संस्थाले शिविर सफल बनाउन सहयोग गर्ने मनिपाल शिक्षण अस्पताल पोखरा, विद्यालय परिवार, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्