देशभर मौसम बदली :मेघगर्जनसहित वर्षा र केही ठाउँमा ‘तातो हावा ’को चेतावनी
  • प्रमुख खबर

जेठ २६,काठमाडौं।।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसम प्रणालीमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको जनाएको छ। साथै, स्थानीय वायुको आंशिक प्रभाव समेत सक्रिय रहेको महाशाखाको भनाइ छ।

यसको प्रभावका कारण मंगलबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा लुम्बिनीको तराई, कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा ‘तातो दिन’ हुने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्